अझै यी १३ कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनले कति दिँदैछ ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १७ गते
Advertisement Ads
अझै यी १३ कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनले कति दिँदैछ ?
Advertisement Ads

अझै यी १३ कम्पनीको सेयर खरिद गर्दा लाभांश पाउने अवसर छ। आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश घोषणा गरेका १३ कम्पनीमध्ये १२ वटाले बुक क्लोज मिति सार्वजनिक गरेका छैनन्। त्यसैले बुक क्लोज मिति तय हुनुअघि सेयरधनी कायम हुने गरी सेयर खरिद गर्ने लगानीकर्ताले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउन सक्नेछन्। बाँकी एउटा कम्पनीले भने बुक क्लोज मिति तोकिसकेको छ।

लाभांश घोषणा गर्ने कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, हिमालयन लघुवित्त, आरएसडीसी लघुवित्त, लक्ष्मी सनराइज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, फर्स्ट माइक्रोफाइनान्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, एनएमबी बैंक, सिक्लेस हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, मिड सोलु हाइड्रोपावर, युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर र युनिलिभर नेपाल रहेका छन्।

कुन कम्पनीले कति लाभांश दिँदैछन्?

मकर जितुमाया सुरी हाइड्रोपावरले १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति सार्वजनिक हुन बाँकी छ।

हिमालयन लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले बुक क्लोज मिति घोषणा गरेको छैन।

Advertisement Ads

आरएसडीसी लघुवित्तले ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति तय हुन बाँकी छ।

लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले बुक क्लोज मिति सार्वजनिक गरेको छैन।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बुक क्लोज मिति घोषणा हुन बाँकी छ।

फर्स्ट माइक्रोफाइनान्स ले ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बुक क्लोज मिति सार्वजनिक गरेको छैन।

कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश गरी कुल १८.९४७४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति तय भएको छैन।

एनएमबी बैंकले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले बुक क्लोज मिति घोषणा गर्न बाँकी छ।

सिक्लेस हाइड्रोपावरले १२.७१ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश गरी कुल १३.३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले बुक क्लोज मिति सार्वजनिक गरेको छैन।

मितेरी डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति घोषणा हुन बाँकी छ।

मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले बुक क्लोज मिति सार्वजनिक गरेको छैन।

युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति पनि घोषणा हुन बाँकी छ।

त्यस्तै, युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीले मंसिर ९ देखि २३ गतेसम्म बुक क्लोज गर्ने मिति तोकेको छ। त्यसैले यो कम्पनीको लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताले बुक क्लोज हुनुअघि सेयरधनी कायम हुनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स