मुक्तिनाथ कृषि कम्पनीको ६० लाख कित्ता बढी सेयरको लकइन खुल्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १६ गते
Advertisement Ads
मुक्तिनाथ कृषि कम्पनीको ६० लाख कित्ता बढी सेयरको लकइन खुल्दै
Advertisement Ads

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संस्थापक तथा कर्मचारीका नाममा रहेको ६० लाख ९३ हजार ३६० कित्ता सेयरको लकइन अवधि आगामी मंसिर १८ गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक समूहको ६० लाख ४८ हजार कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ४५ हजार ३६० कित्ता सेयरको लकइन अवधि २०८३ मंसिर १८ गते अर्थात् सन् २०२६ डिसेम्बर ४ मा समाप्त हुनेछ।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार कम्पनीले लकइन अवधि समाप्त हुने सम्बन्धमा सूचना जारी गरेको हो।

यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमानुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स