मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँको आधारमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ः०.६ अनुपातमा ७५ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ।
यसअनुसार कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ बराबरको ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ। हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरिएको छ।
सम्झौतामा मुक्तिनाथ कृषि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।
मुक्तिनाथ कृषि कम्पनीले व्यावसायिक विकासमा योगदान पुर्याउँदै कृषक र उपभोक्तालाई जोडेर मूल्य शृंखला व्यवस्थापकका रूपमा काम गरिरहेको छ।













![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






प्रतिकृया