फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा रूपान्तरण भएको छ।
फरवार्ड माइक्रोफाइनान्सको ११ लाख ९५ हजार ९५३.७१ कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा रूपान्तरण गरिएको हो। यससँगै कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशत कायम भएको छ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता संस्थापक सेयर पनि सर्वसाधारण समूहमा रूपान्तरण भएको छ। सेयर रूपान्तरणपछि बैंकमा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४० प्रतिशत कायम भएको छ।


प्रतिकृया