कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु वर्ष पनि सेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ।पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
यसअघि बैंकले आर्थिक वर्ष २०७८/७९ मा ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो भने त्यसयता कुनै पनि वर्ष लाभांश वितरण गर्न सकेको छैन। त्यस्तै, कम्पनीले गत वर्षको वार्षिक साधारण सभा आयोजना गर्न आवश्यक वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृति लिने निर्णय पनि गरेको छ।














प्रतिकृया