युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुनै पनि बोनस सेयर तथा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
संस्थाको कार्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गरी प्रकाशनका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो। साथै, उक्त आर्थिक वर्षका लागि सेयरधनीलाई बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको संस्थाले जनाएको छ।

प्रतिकृया