तीन लघुवित्तको मर्जर प्रक्रिया अघि बढ्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २४ गते
तीन लघुवित्तको मर्जर प्रक्रिया अघि बढ्दै

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभा डाकेको छ। जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो।

उक्त सभा आगामी असार १३ गते बनेपास्थित होटल उग्रचण्डीमा बिहान १०:३० बजेदेखि सुरु हुनेछ।

सभामा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिनेछ। साथै, तीनवटै लघुवित्तबीच मर्जरसँग सम्बन्धित हालसम्म भएका निर्णय तथा कामकारवाहीलाई समेत अनुमोदन गर्ने प्रस्ताव रहनेछ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोही अवधिका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।

साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स