एभरेष्ट कलरको ३९ हजार बढी कित्ता सेयरको लकइन अवधि सकिँदै

Advertisement Ads
एभरेष्ट कलरको ३९ हजार बढी कित्ता सेयरको लकइन अवधि सकिँदै
Advertisement Ads

एभरेष्ट कलर लिमिटेडको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्याइएको ३९ हजार ५०० कित्ता साधारण सेयरको लकइन अवधि आगामी पुस ३ गते समाप्त हुने भएको छ।

कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी सेयरको कुल मूल्य ३९ लाख ५० हजार रुपैयाँ रहेको छ। उक्त सेयर २०८३ असार ४ गते बाँडफाँड गरिएको थियो।

सार्वजनिक निष्काशनमार्फत बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्थाअनुसार यी सेयरको लकइन अवधि २०८३ पुस ३ गते (डिसेम्बर १८, २०२६) मा समाप्त हुनेछ।

यद्यपि, सामूहिक लगानी कोषका दुईवटा योजना परिपक्व भइसकेकाले ती योजनाको स्वामित्वमा रहेका १ हजार १९७ कित्ता सेयर भने लकइन अवधि समाप्त हुनुअघि नै फुकुवा गरिएको कम्पनीले जनाएको छ। यो फुकुवा नेपाल धितोपत्र बोर्डको २०८० कात्तिक २० गतेको पत्रमा उल्लेखित व्यवस्थाबमोजिम गरिएको हो।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स