कहिले हुँदैछ एभरेष्ट कलरको आईपीओ बाँडफाँड ?

कहिले हुँदैछ एभरेष्ट कलरको आईपीओ बाँडफाँड ?
AdvertisementAds

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड यही शुक्रबार गर्ने तयारी गरिएको छ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले असार ५ गते शुक्रबार आईपीओ बाँडफाँड गर्ने तयारी गरिरहेको छ। प्राविधिक वा अन्य कारणले उक्त दिन बाँडफाँड हुन नसकेमा असार ८ गते सोमबार बाँडफाँड गरिने सम्भावना रहेको स्रोतले जनाएको छ।

कम्पनीले जेठ २२ गतेदेखि जेठ २७ गतेसम्म सर्वसाधारणका लागि कुल ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ६५ हजार ५७० जना आवेदकले आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स