सर्वसाधारणले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २७ गते
सर्वसाधारणले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
AdvertisementAds

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज जेठ २७ गते अन्तिम दिन रहेको छ।

कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको हो। उक्त सेयरको कुल मूल्य ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।

सीडीएससीको तथ्यांकअनुसार मंगलबार बेलुकासम्म एभरेष्ट कलरको आईपीओमा २२ लाख ७५ हजार ८१७ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ४५ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ९१ हजार ९४० कित्ताका लागि आवेदन दिएका हुन्।

यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ३७.५० गुणा बढी हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स