नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिक्री गरिरहेको सुनको असर्फी र चाँदीको मेडालियनको मूल्य निर्धारण गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले आज कात्तिक १९ गतेका लागि सुनको असर्फी र चाँदीको मेडालियनको मूल्य तोकेको हो।
राष्ट्र बैंकका अनुसार २.५ ग्रामको एउटा सुनको असर्फीको मूल्य ६५ हजार ४०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, १० ग्रामको एउटा चाँदीको मेडालियनको मूल्य ३ हजार ८०० रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट आज कात्तिक १९ र भोलि २० गते यी सामग्री बिक्री भइरहेको छ। प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी तथा १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन एक–एक थान खरिद गर्न पाइने व्यवस्था छ।


प्रतिकृया