आँखुखोला जलविद्युतले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १९ गते
Advertisement Ads
आँखुखोला जलविद्युतले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
Advertisement Ads

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजी बराबरकै हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि विद्युत् नियमन आयोगसँग पूर्वस्वीकृति माग्ने निर्णय गरेको हो।

कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम २ अर्ब रुपैयाँ चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसअनुसार कम्पनीका सेयरधनीले आफूसँग रहेको प्रत्येक एक कित्ता सेयर बराबर थप एक कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन्।

कम्पनीले यसअघि लगानी सम्झौता गरेका, लगानीका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका तथा अन्य उपयुक्त आयोजनामा लगानी गर्ने उद्देश्यले हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ।

हकप्रद सेयर निष्काशनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएपछि प्रस्ताव आगामी साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ। साधारणसभाबाट स्वीकृत भएपछि मात्रै निष्काशन प्रक्रिया अघि बढ्नेछ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स