आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सञ्चालक समितिमा नयाँ समूह प्रवेश गरेको छ।
कम्पनीको आज सम्पन्न १७औँ र १८औँ (आर्थिक वर्ष २०८०/८१ र २०८१/८२) वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने नयाँ सञ्चालक समूह निर्वाचित गरेको हो। सो निर्वाचनमार्फत १ महिलासहित ५ जना नयाँ सञ्चालक चयन भएका छन्।
निर्वाचित सदस्यहरूमा लेखनाथ पोखरेल, सुवास पौडेल, सविन्द्र उपाध्याय, जोली अमात्य र रामप्रसाद सापकोटा रहेका छन्। हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट इन्द्रकृष्ण श्रेष्ठ र गंगासागर प्रजापती रहेका छन्। नयाँ सदस्यहरू थपिएसँगै कम्पनीको सञ्चालक समिति ७ सदस्यीय बनेको छ।
काठमाडौंको बालुवाटारस्थित बालुवाटार प्यालेसमा सम्पन्न सभाले दुवै आर्थिक वर्षका वार्षिक प्रतिवेदनहरू समेत स्वीकृत गरेको छ। जसमा लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू अनुमोदन गरिएको छ।
त्यसैगरी, सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।

प्रतिकृया