आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १२ सय ९ प्रतिशतले बढेर ३ करोड ३६ लाख ८१ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २५ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड ४ लाख रुपैयाँ बाट घटेर १३ करोड ७ लाखबाट रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष मात्र ११ लाख ४० हजार रहेको अन्य आम्दानी भने यस वर्ष बढेर ९९ लाख ६० हजार पुगेको छ। यता, वित्तीय खर्च ८ करोड ६१ लाख रुपैयाँबाट घटेर ६ करोड १० लाख रुपैयाँ कायम भएको छ। वित्तीय खर्च घट्दा नाफा बढेको हो। साथै, कम्पनीको वित्तीय आम्दानी १ करोड ११ लाख रुपैयाँ रहेको छ।
२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको समीक्षा अवधिमा प्रति सेयर आम्दानी २ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया