आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको छ। सभा कात्तिक १२ गते मैतिदेवीस्थित वैभव पार्टी प्यालेसमा ११ बजे बस्ने तय भएको थियो।
कम्पनीका अनुसार, सभामा २२ प्रतिशत प्रोक्सी र १ प्रतिशत मात्रै शेयरधनी उपस्थित भएपछि गणपूरक संख्या पूरा नहुँदा सभा स्थगित गर्नु परेको हो। अब सञ्चालक समितिले अर्को मिति तय गर्नेछ।
यस वर्षको साधारण सभामा लाभांशसम्बन्धी प्रस्ताव समावेश गरिएको थिएन। सभाको एजेन्डामा आर्थिक वर्ष २०८०–८१ का लागि वित्तीय विवरण पारित गर्ने, नाफा-नोक्सानको छलफल गर्ने, र आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समावेश थिए।









![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)


![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)



![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया