भारी वर्षाको पूर्वानुमानपछि आवश्यकताअनुसार विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको पूर्वानुमानपछि आवश्यकताअनुसार विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह
Advertisement Ads

शिक्षा तथा खेलकुद मन्त्रालयले आज असोज ८ र भोलि ९ गते आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ। असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञको पूर्वानुमानअनुसार उक्त अवधिमा देशका विभिन्न स्थानमा प्रतिकूल मौसमको सम्भावना रहेको मन्त्रालयले जनाएको छ।

सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो तथा सडक अवरोधसँगै विद्युत् र सञ्चार सेवामा समेत अवरोध हुन सक्ने जोखिम रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सबै शिक्षण संस्था, स्थानीय तह, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई पूर्वतयारीसहित आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका अनुसार सबै विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्नुपर्नेछ।

त्यस्तै, सबै विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ देखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ।

सम्भावित विपद्को अवस्थामा सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न पनि शिक्षण संस्थालाई अनुरोध गरिएको छ।

मन्त्रालयले अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरेको छ।

WhatsApp Image 2026 09 23 at 21.08.26 https://bajarkochirfar.com/ministry-of-education-urges-schools-to-close-as-needed-and-postpone-exams-after-heavy-rain-forecast | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स