पुँजीबजार सुधारका लागि अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न नेप्से तयार

Advertisement Ads
पुँजीबजार सुधारका लागि अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न नेप्से तयार
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमै पुगेर सीईओ सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

भेटका क्रममा एसोसिएसनका अध्यक्ष सागर ढकालले अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उक्त कार्ययोजना समयमै कार्यान्वयन भए पुँजीबजारका विद्यमान समस्या समाधान गर्न, लगानीकर्ताको विश्वास बढाउन तथा बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

ढकालले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी र अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेको बताए।

जवाफमा सीईओ सुवेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै पक्षसँग सहकार्य गर्न नेप्से तयार रहेको बताए। उनले अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल गर्दै काम अघि बढाउने प्रतिबद्धता जनाए।

Advertisement Ads

भेटमा सहभागी दुवै पक्षले पुँजीबजारको विकासका लागि नीतिगत सुधारसँगै संस्थागत समन्वय, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

त्यस्तै, एसोसिएसनले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित तथा लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स