लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले मंसिर २३ गते बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Advertisement Ads
लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले मंसिर २३ गते बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
Advertisement Ads

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न संस्थाले मंसिर २३ गते बुधबार पोखरामा चौधौं वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको मंसिर १ गते बसेको सञ्चालक समितिको २३४औँ बैठकले बिहान ९ बजे पोखराको लेकसाइडस्थित आईएमई हस्पिटालिटी प्रालिमा सभा गर्ने निर्णय गरेको हो।

संस्थाको चुक्ता पुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँ २२ पैसा रहेको छ। यसमध्ये ६ प्रतिशतका दरले ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, ३.५० प्रतिशतका दरले २ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ ९० पैसा नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्ने प्रस्ताव छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिबाट नियुक्त स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा छन्।

Advertisement Ads

त्यसैगरी, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। संस्थाको नियमावलीमा रहेको सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत विशेष एजेन्डामा समावेश गरिएको छ।

मंसिर ११ गते बुक क्लोज

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ११ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसअनुसार मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई नियमानुसार सेयर नामसारी भएका सेयरधनीहरू साधारण सभामा सहभागी हुन, मतदान गर्न तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स