नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
ग्लोबल आईएमई लघुवित्तको ४.७५ प्रतिशतका दरले हुन आउने २ लाख ९३ हजार ९७७.५२१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशतका दरले हुन आउने ४ लाख ५८ हजार १५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया