११ कम्पनीहरूले लाभांश तथा अन्य प्रस्ताव पारित गर्न आज पुस २९ गते वार्षिक साधारणसभा बस्दैछ। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, अपी पावर कम्पनी लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा आज बस्न लागेको हो ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे हेटौंडा, मकवानपुरस्थित होटल समाना प्रा.लि. को सभा हलमा आयोजना हुनेछ। बुक क्लोज पुस १६ गते गरिएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे ज्ञानेश्वरस्थित रानी महल बैंक्वेट, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस १८ गते रहेको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान १०:३० बजे मोरङको कटहरी–०२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा बस्नेछ। बुक क्लोज पुस २१ गते रहेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे कालिकास्थानस्थित अमृतभोग, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस २० गते रहेको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे गैरीधारास्थित एलिस रिसेप्सन, काठमाडौंमा बस्नेछ। बुक क्लोज पुस २१ गते गरिएको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत बोनस सेयर र ०.५२३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा दिउँसो २:३० बजे थापागाउँ, नयाँ बानेश्वरस्थित काठमाडौं बैंक्वेट प्रा.लि. मा आयोजना हुनेछ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ६.३१५८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बस्नेछ। कम्पनीको बुक क्लोज पुस १४ गते गरिएको छ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको कम्पनीको प्रधान कार्यालयमा बस्नेछ। बुक क्लोज पुस १४ गते गरिएको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंक्वेट एण्ड इभेन्ट सेन्टरमा बस्नेछ। कम्पनीको बुक क्लोज पुस २१ गते रहेको छ।
अपी पावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेट, काठमाडौंमा बस्नेछ। बुक क्लोज पुस १८ गते रहेको छ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान १० बजे कास्कीको पोखरा लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रा.लि. मा बस्नेछ। बुक क्लोज पुस १८ गते गरिएको छ।


















प्रतिकृया