बेनी हाइड्राेपावरको आईपीओ डिम्याट खातामा जम्मा हुँदै, कहिलेदेखि कारोबार गर्न सकिने ?

बेनी हाइड्राेपावरको आईपीओ डिम्याट खातामा जम्मा हुँदै, कहिलेदेखि कारोबार गर्न सकिने ?
Advertisement Ads

बेनी हाइड्राेपावर प्राेजेक्ट लिमिटेडले निष्काशन गरेको सेयर (आईपीओ) अब डिम्याटमा जम्मा हुने भएको छ। यसका लागि कम्पनी र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबीच असोज १५ गते धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको छ।

अब यी सेयर डिम्याट भएपछि लगानीकर्ताको डिम्याट खातामा सिधै आउनेछ। त्यसपछि सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। सूचीकृत भएको भोलिपल्टदेखि सेयर किनबेच गर्न सकिनेछ।

कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसाधारणका लागि कुल ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो जसको बाँडफाँड असोज ५ गते सम्पन्न भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स