१२ वर्षदेखि निर्माणमै अड्किएको हेटौँडा–ढल्केबर ४०० केभी लाइन दसैँपछि सञ्चालनमा आउँदै

१२ वर्षदेखि निर्माणमै अड्किएको हेटौँडा–ढल्केबर ४०० केभी लाइन दसैँपछि सञ्चालनमा आउँदै
Advertisement Ads

१२ वर्षदेखि निर्माणमा अड्किएकाे हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले बाँकी दुई मल्टिसर्किट टावर निर्माण गरी दसैँलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गर्दै बाँकी टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारणलाइनका १६ टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन्। बाँकी दुई मल्टिसर्किट टावर पनि अन्तिम चरणमा पुगेका छन्। उनका अनुसार १०–१५ दिनभित्र टावर निर्माण सम्पन्न गरी लाइन चार्ज गर्ने तयारी छ।

प्रसारणलाइन सञ्चालनमा आएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ हुने, राष्ट्रिय ग्रिडको विश्वसनीयता बढ्ने तथा औद्योगिक विद्युत् माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, आन्तरिक विद्युत् खपत बढाउन, वर्षायामको अतिरिक्त विद्युत् व्यवस्थापन गर्न र भारतलगायत छिमेकी मुलुकसँग विद्युत् व्यापार विस्तार गर्नसमेत यसले आधार तयार गर्नेछ।

मन्त्री श्रेष्ठका अनुसार हाल करिब ३०० मेगावाट विद्युत् प्रवाह भइरहेको यस क्षेत्रमा प्रसारणलाइन सम्पन्न भएपछि करिब २ हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ। लामो समयदेखि रोकिएको आयोजना मन्त्रिपरिषद्को निर्णयमार्फत प्रक्रिया अघि बढाइएपछि निर्माणले गति लिएको प्राधिकरणले जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स