जस्मिन हाइजिन प्रोडक्ट्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न आगामी पुस १ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार सभा बुधबार दिउँसो ४ बजे मोरङको विराटनगरस्थित कम्पनीको सभाहलमा बस्नेछ। सभामा सर्वसाधारणका लागि सार्वजनिक सेयर निष्काशन गर्ने तथा त्यससम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेस हुनेछ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, वासलात तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ। सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछ।
यसका अतिरिक्त सञ्चालक समिति गठन गर्ने तथा नियामक निकायबाट आवश्यक संशोधन वा निर्देशन प्राप्त भएमा सोहीअनुसार प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

प्रतिकृया