लाभांश पारित गर्न आरएसडीसी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Advertisement Ads
लाभांश पारित गर्न आरएसडीसी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
Advertisement Ads

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औँ वार्षिक साधारण सभा पुस ३ गते आयोजना गर्ने भएको छ। सभामा गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट प्रस्तावित ९.४० प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य प्रस्ताव रहेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले रुपन्देहीको बुटवलमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।

सभाले संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। उक्त लाभांशमा करसमेत समावेश छ।

यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स