एकैदिन चार कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। युनिलिभर नेपाल, मकर जितुमाया सुरी हाइड्रोपावर, आरएसडिसी लघुवित्त र हिमालयन लघुवित्तले लाभांश घोषणा गरेका हुन् ।
युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
मकर जितुमाया सुरी हाइड्रोपावरले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
आरएसडिसी लघुवित्तले ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, हिमालयन लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रतिकृया