कात्तिकमा यी १६ जनाले जिते करदाता प्रोत्साहन उपहार

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १६ गते
Advertisement Ads
कात्तिकमा यी १६ जनाले जिते करदाता प्रोत्साहन उपहार
Advertisement Ads

सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक महिनाको पहिलो पाक्षिक अवधिको १० लाख रुपैयाँको बम्पर पुरस्कार जनकपुरका एक उपभोक्ताले जितेका छन्।

कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि आयोजित लक्की ड्रमार्फत जनकपुरका उपभोक्ता बम्पर पुरस्कार विजेता बनेका हुन्। कात्तिक ५ गते बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका ०९८०४६५५८१७५ नम्बरका करदाताले १० लाख रुपैयाँको पुरस्कार जितेका हुन्।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेट खेलाडीमार्फत चिट्ठा तानेर विजेता छनोट गरिएको थियो। कार्यक्रममा क्रिकेट खेलाडी ललितनारायण राजवंशीसमेत उपस्थित थिए।

कार्यक्रमअन्तर्गत १५ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३४ रुपैयाँका दरले पुरस्कार जितेका छन्। यसका साथै प्रत्येक पाक्षिक अवधिमा एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।

बम्पर पुरस्कार विजेतालाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले टेलिफोनमार्फत बधाई दिएका थिए।

Advertisement Ads

WhatsApp Image 2026 11 02 at 11.44.43 https://bajarkochirfar.com/these-16-people-won-taxpayer-incentive-gifts-in-kartik | %tags WhatsApp Image 2026 11 02 at 11.43.45 https://bajarkochirfar.com/these-16-people-won-taxpayer-incentive-gifts-in-kartik | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स