बजारको चिरफार Evening Walk – शुक्रबार, १४ कार्तिक २०८३ (३० अक्टोबर २०२६)

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १३ गते
Advertisement Ads
बजारको चिरफार Evening Walk – शुक्रबार, १४ कार्तिक २०८३ (३० अक्टोबर २०२६)
Advertisement Ads

आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।

आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।

Advertisement Ads



आज सेयरबजारमा के भयो?

कार्तिक १३ गते शुक्रबार नेप्से परिसूचक ५.४५ अंकले बढेर २,६९०.१५ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५.९० रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको, १६९ कम्पनीको सेयर मूल्य घटेको र ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।


हिमालयन रिइन्स्योरेन्सको सेयर रजिस्ट्रार फेरियो, अब सेयरधनीले कहाँबाट पाउँछन् सेयरसम्बन्धी सेवा ?

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर रजिस्ट्रार परिवर्तन गरेको छ । कम्पनीले अबदेखि सेयर रजिस्ट्रारसम्बन्धी सेवा हिमालय सेक्युरिटीज बैंकर लिमिटेडमार्फत लिने भएको हो ।

कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको ९३औँ बैठकले यससम्बन्धी निर्णय गरेको हो । यसअघि कम्पनीको सेयर रजिस्ट्रारको जिम्मेवारी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सम्हाल्दै आएको थियो ।

अब सेयरसम्बन्धी सेवा लिन सेयरधनीले हिमालय सेक्युरिटीज बैंकर लिमिटेडसँग सम्पर्क गर्नुपर्नेछ ।


स्वाभिमान लघुवित्तले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, बोलायो साधारण सभा

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ।

संस्थाको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा मंसिर १४ गते सोमबार आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोलस्थित द एसआर होटलमा बिहान ११ बजे बस्नेछ।

सभामा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसहित अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीअनुसार संस्थाको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पेस हुनेछ। हाल संस्थाको चुक्ता पुँजी १५ करोड ३४ लाख ४५ हजार ५०९ रुपैयाँ रहेको छ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस गरिनेछ।



२/३ गुणा बढ्नसक्ने कम्पनी कसरी छान्ने ? [भिडियोसहित]

सानो पुँजीबाट सुरु गरेको लगानीले मानिसलाई कहाँसम्म पुर्‍याउन सक्छ भन्ने उदाहरण हुन् सुजन बानिया। २० वर्षभन्दा कम उमेरमै सेयर बजारमा प्रवेश गरेका उनले बजारको उतारचढाव, ठूलो घाटा र निरन्तर अध्ययनबाट आफ्नो लगानी यात्रा अघि बढाएका छन्। कुनै समय बैंकको ऋण तिर्दा हातमा ६–७ लाख रुपैयाँ मात्रै बाँकी रहने अवस्थामा पुगेका बानिया अहिले सेयर बजारबाट करोडौँको सम्पत्ति निर्माण गर्न सफल भएका छन्।

३३ वर्षको उमेरमा आइपुग्दा उनले सेयर बजारसँगै अन्य व्यवसायमा पनि लगानी विस्तार गरेका छन्। उनी बानियाज अटो नामक मोटरसाइकल रिकन्डिसन व्यवसाय सञ्चालन गर्छन्। पछिल्लो समय काठमाडौंको धुम्बाराही हाइटमा जिग्री सेकुवा रेस्टुरेन्टसमेत सञ्चालनमा ल्याएका छन्। यद्यपि, उनको पहिलो प्राथमिकता अझै पनि सेयर बजार नै हो।



भिजन लुम्बिनी ऊर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक १३ गते शुक्रबार अन्तिम दिन रहेको छ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १६ गते सोमबार एक दिन बुक क्लोज गर्ने भएको छ। यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको आठौँ वार्षिक साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले मंसिर ३ गते बिहीबार रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित दियालो फुडल्याण्ड कालिकानगरमा बिहान ९ बजे साधारणसभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पुँजीको ३.६८४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि छलफल गरी निर्णय गर्नेछ।



आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।

भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।

धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स