भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक १३ गते शुक्रबार अन्तिम दिन रहेको छ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १६ गते सोमबार एक दिन बुक क्लोज गर्ने भएको छ। यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको आठौँ वार्षिक साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले मंसिर ३ गते बिहीबार रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित दियालो फुडल्याण्ड कालिकानगरमा बिहान ९ बजे साधारणसभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पुँजीको ३.६८४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि छलफल गरी निर्णय गर्नेछ।

प्रतिकृया