भिजन लुम्बिनी उर्जा कम्पनीले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?



Advertisement
Ads

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आफ्नो ७औँ वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा आगामी पुस १९ गते बिहान ११:३० बजे बुटवलस्थित दियालो फूडल्याण्डमा सञ्चालन हुने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वित्तीय स्थिति, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने, साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्ने कार्यसमेत हुनेछ।

यस्तै, सभाले एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभामा भाग लिनका लागि कम्पनीले आगामी पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर