भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको १ करोड ६७ लाख ६२ हजार ८४० कित्ता सेयरको लकइन अवधि आगामी मंसिर ४ गते समाप्त हुने भएको छ। कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो।
कम्पनीका अनुसार उक्त सेयरको लकइन अवधि सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले तीन वर्ष रहेको छ।
लकइन अवधि समाप्त हुन लागेका सेयरमध्ये संस्थापक समूहको १ करोड ५३ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित ३८ हजार २५० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित १४ लाख २४ हजार ५९० कित्ता रहेका छन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
लकइन अवधि समाप्त हुनुको अर्थ सम्बन्धित सेयरधनीले प्रचलित नियमअनुसार सेयर कारोबार गर्न पाउने अवस्था खुल्नु हो।


प्रतिकृया