Investor Meet Investor Meet

सेयर बजार सुधार्न नेप्सेका नयाँ सीईओलाई लगानीकर्ता संघको यस्तो सुझाव

Advertisement Ads
सेयर बजार सुधार्न नेप्सेका नयाँ सीईओलाई लगानीकर्ता संघको यस्तो सुझाव
Advertisement Ads

नेपाल पुँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीलाई सेयर कारोबारको राफसाफ तथा भुक्तानी प्रणाली छिटो र प्रभावकारी बनाउन सुझाव दिएको छ। संघले पुँजीबजारको विकास, आधुनिकीकरण र लगानीकर्ताको विश्वास अभिवृद्धिका लागि ६ वटा विषयमा विशेष ध्यान दिन नयाँ नेतृत्वको ध्यानाकर्षण गराएको हो।

संघका अध्यक्ष एसपी चौलागाईंको नेतृत्वमा नेप्सेको कार्यालय पुगेको लगानीकर्ता प्रतिनिधिमण्डलले सीईओ सुवेदीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सुधारका सुझाव प्रस्तुत गरेको हो।

संघले नेपालको पुँजीबजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री, विश्वसनीय र लगानीकर्तामैत्री बनाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गरेको छ। आमलगानीकर्ताको हित संरक्षण, निष्पक्ष मूल्य निर्धारण, कारोबार प्रणालीको विश्वसनीयता, बजारको तरलता अभिवृद्धि र लगानीकर्ताको विश्वास पुनःस्थापना गर्नु वर्तमान समयका प्रमुख चुनौती रहेको संघको ठहर छ।

संघले नेप्सेको नयाँ नेतृत्वलाई मुख्यतः ६ विषयमा ध्यान दिन आग्रह गरेको छ। ती सुझावमा वास्तविक कारोबारयोग्य सेयरको अवस्थासमेत प्रतिबिम्बित हुने गरी नेप्से परिसूचक गणना प्रणाली पुनरावलोकन तथा सुधार गर्ने, अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र भरपर्दो कारोबार प्रणाली विकास गर्ने र दोस्रो बजारमा लगानीकर्ताको सहज पहुँच तथा कारोबार स्वतन्त्रता सुनिश्चित गर्ने रहेका छन्।

त्यस्तै, बजारको तरलता र कारोबार विस्तारका लागि आधुनिक वित्तीय उपकरण तथा संस्थागत सहभागिता प्रवर्द्धन गर्न, सेयर राफसाफ तथा भुक्तानी प्रणालीलाई छिटो र प्रभावकारी बनाउन तथा बजारको पारदर्शिता, सुशासन र लगानीकर्ता संरक्षण सुदृढ गर्न आवश्यक नीतिगत र व्यावहारिक सुधार गर्न संघले सुझाव दिएको छ।

Advertisement Ads

नयाँ नेतृत्वप्रति विश्वास

संघले नेप्सेको नयाँ नेतृत्वले संस्थागत सुशासन, व्यावसायिक कार्यक्षमता, प्रविधिगत आधुनिकीकरण र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।

अध्यक्ष चौलागाईंले नेपालको पुँजीबजारमा आबद्ध लाखौँ लगानीकर्ताको हित संरक्षण गर्दै बजारलाई देशको आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधार बनाउन नेप्से तथा सम्बन्धित नियामक निकायसँग रचनात्मक सहकार्य र नीतिगत समन्वय गर्न संघ तयार रहेको बताएका छन्।

सुवेदीको कार्यकाल नेपालको पुँजीबजारको इतिहासमा सुधार, आधुनिकीकरण, पारदर्शिता र लगानीकर्ताको विश्वास पुनःस्थापनाको महत्वपूर्ण कार्यकाल बन्ने विश्वाससहित संघले सफल कार्यकालको शुभकामना दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स