Investor Meet Investor Meet

आज एकैदिन २ वटा कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिने ?

Advertisement Ads
आज एकैदिन २ वटा कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिने ?
Advertisement Ads

मुक्तिनाथ विकास बैंक लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्।

मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको ३९२औँ बैठकले सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा लाग्ने करसमेत समावेश छ।

त्यस्तै, मिथिला लघुवित्तले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको २९६औँ बैठकले ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नगद लाभांश बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत प्रस्ताव गरिएको हो।

मुक्तिनाथ विकास बैंकको हाल कायम चुक्ता पूँजी ८ अर्ब ३ करोड ८८ हजार ७६७ रुपैयाँ रहेको छ भने मिथिला लघुवित्तको चुक्ता पूँजी २५ करोड ५८ लाख ४३ हजार ६२१ रुपैयाँ ८५ पैसा रहेको छ।

दुवै कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स