आज पुस १४ गते सोमबार ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरूले पुस १५ र १६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले, आजसम्म कायम सेयरधनीहरूले मात्र लाभांश पाउनेछन्।
लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीहरूमा बुटवल पावर कम्पनी, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, नबिल बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था तथा आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स रहेका छन्।
बुटवल पावर कम्पनीले ६ प्रतिशत नगद लाभांश वितरण गर्दै पुस २८ गते साधारण सभा बोलाएको छ।
सपोर्ट लघुवित्तले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरी पुस ३० गते साधारण सभा गर्नेछ।
मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्दै पुस ३० गते नै साधारण सभा आयोजना गर्ने भएको छ।
त्यस्तै, छिमेक लघुवित्तले १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने यसको साधारण सभा पुस २९ गते हुनेछ।
नबिल बैंकले १२.५ प्रतिशत नगद लाभांश वितरण गर्दै पुस २८ गते साधारण सभा आयोजना गर्ने जनाएको छ।
डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरी पुस २८ गते साधारण सभा बोलाएको छ।
यसैगरी, आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने कम्पनीको साधारण सभा पुस २४ गते हुने तय भएको छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया