बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनका लागि पुस १५ गते बुक क्लोज मिति तय गरिएको छ। यसअनुसार पुस १४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।





















प्रतिकृया