मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीलाई ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको ३९२औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजी ८ अर्ब ३ करोड ८८ हजार ७६७ रुपैयाँको ७.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा लाग्ने करसमेत समावेश छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी २०औँ वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिकृया