मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर, आजदेखि सम्हाले कार्यभार

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १ गते
मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर, आजदेखि सम्हाले कार्यभार

मुक्तिनाथ विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले आजदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। उनको कार्यकाल ४ वर्षको रहनेछ।

यसअघि बैंकको नेतृत्व गरिरहेका प्रद्युमन पोखरेलको कार्यकाल वैशाख मसान्तमा सकिएपछि मानन्धरले जिम्मेवारी सम्हालेका हुन्।

बैंकिङ क्षेत्रमा लामो अनुभव भएका मानन्धर यसअघि मुक्तिनाथ विकास बैंककै डेपुटी सीईओ रहिसकेका छन्। यसअघि उनी डिस मिडिया नेटवर्क(डीसहोम) को सीईओका रूपमा कार्यरत थिए।

बैंकिङ क्षेत्रमै पुनः फर्किएका मानन्धरलाई सञ्चालक समितिले अनुभव र नेतृत्व क्षमताका आधारमा सीईओमा नियुक्त गरेको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स