मुक्तिनाथ विकास बैंकको १९औं वार्षिक साधारण सभा आगामी कात्तिक १५ गते बिहान १० बजे पोखरास्थित होटल पोखरा ग्राण्डमा बस्ने भएको छ । १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ। साथै,अन्य उपयुक्त बैंकसँग मर्जर प्रक्रिया अघि बढाउने, बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवश्यक तयारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र सञ्चालक समितिको सेवा–सुविधा पुनरावलोकन गर्ने विशेष प्रस्तावहरू पनि सभामा पेश गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ३१ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, असोज ३० गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया