माछापुच्छ्रे बैंकले २० मेगावाट सौर्य परियोजनामा ८० प्रतिशतसम्म लगानी गर्ने

माछापुच्छ्रे बैंकले २० मेगावाट सौर्य परियोजनामा ८० प्रतिशतसम्म लगानी गर्ने
Advertisement Ads

माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ।

कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा निर्माण हुने उक्त परियोजनामा माछापुच्छ्रे बैंकको एकल लगानी रहनेछ। बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्ने जनाएको छ। परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ।

२० मेगावाट क्षमताको यस सौर्य परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जा उत्पादन क्षमता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासलाई समेत थप टेवा पुर्‍याउने बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्‍याउने ऊर्जा पूर्वाधार परियोजनामा वित्तीय पहुँच विस्तार गर्दै आएको जनाएको छ। यस परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने बैंकको प्रतिबद्धताको निरन्तरता भएको बैंकको भनाइ छ।

बैंकले आगामी दिनमा पनि नेपालको ऊर्जा आवश्यकता पूरा गर्न, स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्न तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने परियोजनालाई प्राथमिकताका साथ वित्तीय सहयोग प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स