मुक्तिनाथ विकास बैंकले दुई कम्पनीलाई प्राप्ति गर्ने, आधारभूत सेयरधनीको कारोबार रोक्का गर्न नेप्सेलाई पठायो पत्र

मुक्तिनाथ विकास बैंकले दुई कम्पनीलाई प्राप्ति गर्ने, आधारभूत सेयरधनीको कारोबार रोक्का गर्न नेप्सेलाई पठायो पत्र
Advertisement Ads

मुक्तिनाथ विकास बैंक लिमिटेडले आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई अनुरोध गरेको छ। बैंकले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रारम्भिक सम्झौता गरेपछि आधारभूत सेयरधनीको कारोबार रोक्का गर्न पत्र पठाएको हो।

मुक्तिनाथ विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकबीच भदौ १९ गते शुक्रबार प्रारम्भिक सम्झौता पत्रमा संयुक्त हस्ताक्षर भएको छ। सम्झौतासँगै तीनवटै संस्थाबीच एकआपसमा प्राप्ति (एक्विजिशन) गर्ने सहमति भएको बैंकले जनाएको छ।

धितोपत्र बोर्डबाट जारी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम बैंकले आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई अनुरोध गरेको हो।

Screenshot 7 9 2026 9368 www.nepalstock.com https://bajarkochirfar.com/muktinath-bikas-bank-has-sent-a-letter-to-nepse-to-acquire-two-companies-and-block-transactions-of-basic-shareholders | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स