एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिले काठमाडौंको पेप्सीकोला क्षेत्रमा नेपालकै ठूलो व्यवस्थित ईभी कमर्सियल सर्भिस सेन्टर स्थापना गरिरहेको छ।
कम्पनीले नेपालमा लामो समयदेखि फोटोन ब्राण्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आएको छ। बिक्रीपछिको सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नयाँ सर्भिस सेन्टर निर्माण भइरहेको कम्पनीले जनाएको छ।
आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण र पर्याप्त सेवा क्षमतासहित तयार भइरहेको सेन्टरमा फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिम प्राप्त दक्ष प्राविधिक तथा इन्जिनियरको टोली रहनेछ।
बिक्रीपछिको सेवा एउटै स्थानबाट
नयाँ सर्भिस सेन्टरमा फोटोनका सवारीसाधनको नियमित मर्मतसम्भार, प्राविधिक जाँच, ब्याट्री परीक्षण, जेन्युइन पार्ट्सको उपलब्धता तथा ड्राइभर र प्राविधिक तालिमसमेत उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ।
गुणस्तरीय सेवा कायम राख्दै सवारीसाधनको मर्मतसम्भार छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिल कुमार बरालले बताए।
उनले भने, ‘बिक्रीपछिको गुणस्तरीय सेवा हाम्रो पहिलो प्राथमिकता हो । सवारीसाधन बिक्री गर्नु मात्र हाम्रो जिम्मेवारी होइन । हरेक फोटोनका ग्राहकले आफ्नो सवारीसाधनका लागि गुणस्तरीय सेवा, जेन्युइन पाट्र्स र व्यावसायिक प्राविधिक सहयोग सहज रूपमा प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।’
जेन्युइन पार्ट्स र दक्ष प्राविधिकको व्यवस्था
सर्भिस सेन्टरमा फोटोनका विभिन्न सवारीसाधनको जाँच तथा मर्मतका लागि आधुनिक प्रणाली तथा उपकरण प्रयोग गरिनेछ। फोटोन अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त प्राविधिक र इन्जिनियरले कम्पनीले निर्धारण गरेका सेवा मापदण्डअनुसार सवारीसाधनको निरीक्षण, मर्मतसम्भार तथा प्राविधिक जाँच गर्नेछन्।
त्यस्तै, आवश्यक जेन्युइन पार्ट्स पर्याप्त मात्रामा उपलब्ध हुने गरी व्यवस्थापन गरिने कम्पनीले जनाएको छ। पार्ट्स सहज रूपमा उपलब्ध हुँदा मर्मतका क्रममा हुने ढिलाइ घट्ने र सवारीसाधन छिटो ग्राहकलाई हस्तान्तरण गर्न सकिने अपेक्षा गरिएको छ।
२०२६ को अन्त्यसम्म सेवा सञ्जाल विस्तार गर्ने लक्ष्य
फोटोनको हाल नेपालभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट रहेको कम्पनीले जनाएको छ।
राष्ट्रव्यापी सेवा विस्तार योजनाअन्तर्गत सन् २०२६ को अन्त्यसम्म पूर्वदेखि पश्चिम नेपालका प्रमुख मार्गमा प्रत्येक १०० किलोमिटरको दूरीभित्र फोटोनको टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्य राखिएको छ।
पेप्सीकोलामा निर्माण भइरहेको नयाँ सर्भिस सेन्टरले काठमाडौं उपत्यकाका ग्राहकलाई बिक्रीपछिको सेवा थप सहज बनाउनुका साथै फोटोनको राष्ट्रव्यापी सेवा सञ्जाल विस्तारमा समेत सहयोग गर्ने कम्पनीको अपेक्षा छ।

प्रतिकृया