बीवाईडीले पोखरामा खोल्यो अत्याधुनिक सर्भिस सेन्टर, दैनिक १६ वटासम्म गाडीलाई सेवा दिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २४ गते
बीवाईडीले पोखरामा खोल्यो अत्याधुनिक सर्भिस सेन्टर, दैनिक १६ वटासम्म गाडीलाई सेवा दिने
AdvertisementAds

बीवाईडीले पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।

नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा उपलब्ध भएको छ। यसबाट गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकले आधिकारिक बिक्रीपछिको सेवा पाउनेछन्।

सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए। बीवाईडी नेपालले देशभर बिक्रीपछिको सेवा सञ्जाल विस्तार गरिरहेको अवस्थामा पोखराको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा लिँदै आएका थिए। अब भने आधिकारिक सर्भिस सेन्टरबाट अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा उपलब्ध हुनेछ।

साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले सवारी बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध र जिम्मेवारी निरन्तर रहने बताएका छन्।

‘बीवाईडीको सवारी खरिद गर्नु भनेको ग्राहकसँगको हाम्रो सम्बन्धको सुरुवात मात्र हो। हाम्रो जिम्मेवारी सम्पूर्ण स्वामित्व अवधिभर कायम रहन्छ। पोखरामा आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु भनेको विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा ग्राहक–केन्द्रित सेवामार्फत उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो। नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुँदै गइरहेका बेला हामी देशव्यापी सेवा सञ्जाललाई थप सुदृढ बनाउँदै प्रत्येक बीवाईडी ग्राहकलाई पूर्ण विश्वास र सहजता प्रदान गर्न प्रतिबद्ध छौं।’

करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टर विद्युतीय सवारीसाधनको मर्मत तथा सेवाका लागि आवश्यक पूर्वाधारसहित सञ्चालनमा ल्याइएको हो। यहाँ चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बे रहेका छन्।

सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्छ। यसबाट ग्राहकको प्रतीक्षा समय घट्ने र सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

ग्राहकले यहाँ नियमित मर्मत, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस र जेन्युइन स्पेयर पार्ट्सको सुविधा पाउनेछन्। साथै, डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा पनि उपलब्ध हुनेछ।

पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुलाई बीवाईडीले नेपालमा आफ्नो बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने योजनाको महत्वपूर्ण हिस्सा मानेको छ। कम्पनीले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पुस्ताका विद्युतीय सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स