देशभरका २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न, १२ उत्कृष्ट डिलर सम्मानित

देशभरका २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न, १२ उत्कृष्ट डिलर सम्मानित
Advertisement Ads

नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने अग्रणी लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ। कम्पनीका अनुसार कार्यक्रममा देशभरका करिब २०० च्यानल पार्टनरको सहभागिता रहेको थियो।

हरेक वर्ष आयोजना हुने यस कार्यक्रमको उद्देश्य कम्पनी र डिलर नेटवर्कबीचको सहकार्यलाई अझ सुदृढ बनाउनु, साझा उपलब्धिको सम्मान गर्नु तथा आगामी रणनीतिक योजनाबारे जानकारी आदानप्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको पाँच दशकभन्दा लामो यात्राबारे प्रस्तुति दिइएको थियो। कम्पनीको विकासक्रम, बजार नेतृत्व, उत्पादन क्षमता, महत्वपूर्ण उपलब्धि तथा भावी रणनीतिबारे जानकारी गराउँदै अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन र विश्वस्तरीय उत्पादन मापदण्डमार्फत उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने प्रतिबद्धता पुनः दोहोर्‍याइएको थियो।

डिलर नेटवर्कको योगदानको कदर गर्दै कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना डिलरलाई विभिन्न विधामा सम्मान गरेको छ। राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स तथा प्रतिष्ठित लिट्मस एक्सिलेन्स अवार्डसहित विभिन्न विधामा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले गुणस्तरप्रति कम्पनी सधैं प्रतिबद्ध रहेको बताए। उहाँले भन्नुभयो, “लिट्मसका लागि गुणस्तर केवल प्राथमिकता होइन, हाम्रो ब्रान्डको आधार र प्रत्येक ग्राहकप्रति गरिएको प्रतिबद्धता हो । नेपालभर हाम्रो च्यानल पार्टनर नेटवर्कले हासिल गरेको उल्लेखनीय विस्तारप्रति हामी गौरवान्वित छौं । डिलरहरूको विश्वास र निरन्तर साथले हामीलाई नयाँ प्रविधि अपनाउन, उत्कृष्ट उत्पादन मापदण्ड कायम राख्न तथा नेपालको उज्ज्वल भविष्य निर्माणमा सँगै अघि बढ्न प्रेरित गरेको छ ।”

कम्पनीका अनुसार ‘पावर पार्टनर्स मिट २०८३’ ले साझेदारसँगको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नवप्रवर्तन, साझा मूल्य सिर्जना र नेपालको विद्युतीय तथा पूर्वाधार क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो। साथै, नेपालमा एल्युमिनियम तथा एलोय रड उत्पादन गर्ने एकमात्र कम्पनीका रूपमा स्थापित रहेको कम्पनीले जनाएको छ। पाँच दशकभन्दा लामो अनुभवसहित कम्पनीले पूर्वाधार, निर्माण, ऊर्जा तथा औद्योगिक क्षेत्रका लागि उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स