नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्दै मासिक योजनाअन्तर्गत निर्धारित लक्ष्य पूरा गरेका अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
कम्पनीले २०८३ वैशाख महिनामा सञ्चालन गरेको मासिक योजनाअनुसार लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूलाई सहभागी गराएर आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको उपस्थिति रहेको कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकाङ्कमा उत्कृष्टता हासिल गरेको उल्लेख गर्दै यस सफलतामा योगदान पुर्याउने नियमनकारी निकाय, ग्राहकवर्ग, अभिकर्ता तथा कम्पनीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबैप्रति आभार व्यक्त गरे।
उनले नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै ग्राहकलाई अझ प्रभावकारी सेवा र सुविधा उपलब्ध गराउन सबै पक्षले आ–आफ्नो स्थानबाट थप जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए। साथै अभिकर्ता सञ्जाललाई अझ सुदृढ बनाउने विषय कम्पनीको विशेष प्राथमिकतामा रहने धारणा पनि व्यक्त गरे।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रको अन्तर्राष्ट्रिय उपाधि एमडिआरटी (MDRT) को लक्ष्य हासिल गर्न अपनाउनुपर्ने गतिविधिबारे विभिन्न उदाहरणसहित विस्तृत प्रशिक्षण दिएका थिए।
कार्यक्रमको समापनतर्फ स्ट्यान्डअप कमेडियन सुमन कार्कीको हास्य प्रस्तुति, कलाकार रामचन्द्र काफ्ले र जुनु रिजालको सांगीतिक प्रस्तुति आकर्षणको केन्द्र बने। साथै चर्चित गायक दीपक बज्राचार्य एण्ड रिदम ब्याण्डको लाइभ प्रस्तुति र चर्चित डीजे अमुको प्रस्तुतिमा सहभागी अभिकर्ताहरूले भरपुर मनोरञ्जन लिएका थिए।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया