बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले छिटोमा भदौ २५ गतेसम्म र ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
सीडीएससीको तथ्यांकअनुसार बिहिबार बेलुकासम्म बेनी हाइड्रोपावरको आईपीओमा १९ लाख ७८ हजार ८६ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब २२ करोड ४२ लाख ९७ हजार रुपैयाँ बराबरको २ करोड २२ लाख ४२ हजार ९७० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा २५.७६ गुणा बढी हो।

प्रतिकृया