insta insta

एक लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का

एक लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का
Advertisement Ads

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया पूरा गरेसँगै विन नेपालको सेयर कारोबार रोक्का गरिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विन नेपाल लघुवित्तको सेयर कारोबार आज भदौ २१ गतेदेखि लागू हुने गरी रोक्का गरिएको हो। प्राप्ति प्रक्रिया पूरा भएपछि सोही मितिदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम लक्षित संस्था विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

प्राप्ति प्रक्रिया सम्पन्न भएसँगै विन नेपाल लघुवित्तको कारोबार तथा सञ्चालन स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट अघि बढ्नेछ।

Screenshot 3 9 2026 15210 www.nepalstock.com https://bajarkochirfar.com/share-trading-of-a-microfinance-company-suspended | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स