SHAREHUB SHAREHUB

एक लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का हुँदै

Advertisement Ads
एक लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का हुँदै
Advertisement Ads

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भदौ २१ गतेदेखि रोक्का हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो।

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया सम्पन्न गरी भदौ २१ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएपछि सेयर कारोबार रोक्का गरिएको हो।

नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का गरेको जनाएको छ।

प्राप्तिपछि विन नेपाल लघुवित्तको कारोबार स्वरोजगार लघुवित्तको नामबाट सञ्चालन हुनेछ।

Screenshot 3 9 2026 15210 www.nepalstock.com https://bajarkochirfar.com/share-trading-of-a-microfinance-company-is-being-suspended | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स