विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन्।
काभ्रेपलाञ्चोकको बनेपा–१३ मा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्त र बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्तबीच मर्जरका लागि पुस ९ गते साँझ ५ बजे प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको हो।
विन नेपाल लघुवित्तका कम्पनी सचिव विरेन्द्र भक्त प्रधानाङ्गाका अनुसार दुई संस्थाबीच मर्जर प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको छ।



















प्रतिकृया