लाभांश पारित गर्न स्वरोजगार लघुवित्तको साधारण सभा आज बस्दै, कति दिँदैछ बोनस र नगद ?

लाभांश पारित गर्न स्वरोजगार लघुवित्तको साधारण सभा आज बस्दै, कति दिँदैछ बोनस र नगद ?

लाभांश पारित गर्न स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा आज माघ ३ गते बोलाएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिनको साढे ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावमा पनि छलफल गर्नेछ। त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन, लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस १८ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार, पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स