नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाँच महिनापछि आईपीओ निष्काशनको अनुमति दिने प्रक्रिया पुनः अघि बढाएको छ। बोर्डको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो।
बोर्डले कम्पनीलाई ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गर्नेछ।
हिम पर्वत हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
सञ्चालक समितिले स्वीकृतिको निर्णय गरे पनि कम्पनीले हालसम्म आईपीओसम्बन्धी आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। धितोपत्र सूचीकरण शुल्क बुझाएपछि अन्तिम स्वीकृति प्रदान गरी बोर्डले आधिकारिक जानकारी गराउने जनाएको छ।
हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति माग गर्दै २०८१ मंसिर ५ गते सेबोनमा आवेदन दिएको थियो।

प्रतिकृया