सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनस र नगद ?

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

सिद्धार्थ बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज असोज १५ गते अन्तिम दिन रहेको छ। बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि भोलि असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनी मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

बैंकले गत आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेका छन्।

१० प्रतिशत बोनस सेयरबापत १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ। त्यस्तै, १० प्रतिशत नगद लाभांशबापत करसहित १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ वितरण गर्ने प्रस्ताव छ।

उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज २८ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २५औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ९ बजे सुरु हुनेछ।

सभाले अग्राधिकार सेयरधनीलाई ८.५ प्रतिशतका दरले करसहित १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ। नियमनकारी निकायबाट प्राप्त निर्देशन वा राय–सुझावअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभाले पारित गर्नेछ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स